लहान २९ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्यावशन) नेपाल सिरहाको ९औं जिल्ला अधिवेशन प्यारागन स्कुल लहानमा हिजो प्यावशन अध्यक्ष उमेश चौधरीको अध्यक्षतामा र जिसस सभापति दिनेश महतोको प्रमुख आथित्वमा भव्यताका साथ सम्पन्न भएका छन भने अध्यक्ष पदमा निर्विरोध पुनः उमेश चौधरी चयन भएका छन् ।

प्यावशनको ९ औं जिल्ला अधिवेशनमा बिशिस्ट अतिथिहरु लहान न.पा. उप-प्रमुख रामचलितर महतो, प्यावशन मधेश प्रदेश इन्चार्ज अनिल झा, प्यावशन केन्द्रिय कोषाध्यक्ष बिष्णु न्यौपाने, जिल्ला शिक्षा समन्वय इकाई सिरहा प्रमुख दिपक राज बोलनी, राष्ट्रिय परीक्षा बोर्ड लहानका प्रमुख धनपति भेटवाल, उधोग बाणिज्य संघ लहानका अध्यक्ष बिकाश सारडा, ईलाका प्रहरी कार्यालय लहानका डिएसपी बिष्णु प्रसाद सोती, नेपाल पत्रकार महासंघ सिरहा शाखा अध्यक्ष मनोज बनैता यादव लगायत अन्य बिशिस्ट ब्यक्तिहरु र दर्जनौ पत्रकारहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा धेरै बक्ताहरुले शिक्षा क्षेत्रमा मधेश प्रदेश निकै पछाडी रहेको र खास गरी सामुदायिक बिधालयहरुको अवस्था दिनप्रतिदिन खस्किदै गैरहेको बताएका हुन। सामुदायिक बिधालयमा अध्यन्न गर्ने बिद्यार्थीहरु खासगरी आर्थिक अवस्था कमजोर रहेका नागरिकको बालबच्चा भएकोले प्यावशनको सहयोग सरकार द्वारा यसको उचित ब्यबस्थापनमा जोड दिन सुझाएका हुन।

वक्ताहरूको सुझावलाई मध्यनजर गर्दै जिल्ला उद्योग वाणिज्य संघ सिरहाका अध्यक्ष विकाश शारडाले आफ्नो जन्म दिन अंग्रेजी वर्षको जनवरीको १ तारिखमा भएकोले उनले आफ्नो हृदय बाट नै दलित वर्गको विद्यार्थीहरूलाई उच्च शिक्षा दिनुपर्नेमा जोड दिएका छन भने आफ्नो सम्बोधन गर्ने क्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्यावशन) शाखा सिरहाले सिफारिस गरेको दुई जना दलित विद्यार्थीलाई निजी विद्यालयमा लाग्ने सम्पूर्ण खर्च बेहोर्ने उद्घोष समेत गरेका छन।

अध्यक्ष शारडा अझ अगाडी थप्दै गरिब दलित विपन्नको घरमा पनि राम्रो-राम्रो विद्यार्थीहरू छन् जो बोर्डिङ स्कुलमा पढ्न चाहन्छन तर आर्थिक अभावले उनीहरूले पढ्ने अवसरबाट बञ्चित हुनुपर्ने कारण पनि अन्त्य गर्न निजी विद्यालयका सञ्चालकहरूलाई अनुरोध गरेका छन भने म पनि यो देशको नागरिक छु र यो देशमा कर बुझाइरहेछु र यो मेरो स्वाभिमान पनि छ कि यहि देशको एउटा नागरिकको हैसियतले यहि समाजमा आफ्नो दायित्व पनि निभाउने विस्वास पनि राख्न चाहन्छु,’ अध्यक्ष शारडाले भनेका थिए । नेपाल पत्रकार महासंघ सिरहा शाखाका सभापति मनोज बनैता यादवले निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्यावशन) को समाज परिवर्तनमा धेरै नै सराहनीय तथा सकारात्मक भूमिका रहेको सान्दर्भिक तर्क गरेका थिए।

साथै उनले निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्यावशन) ले सामाजिक रुपान्तरणका लागी धेरै ठूलो भूमिका खेलेको बताउदै शिक्षा क्षेत्रमा देशको ७७ वटै जिल्लामा हामी ७२ स्थानमा छौं तर यो प्याब्सनको भूमिकाले गर्दा भएको हो र श्रय प्यावशनलाई नै जान्छ आफ्नो मन्तव्यमा बताएका थिए। अध्यक्ष यादव निजी विद्यालयहरूमा कार्यरत शिक्षकहरूको पारिश्रमिक न्युन रहेकोले उहाँहरुको भविष्यको बारेमा सोच्न आग्रह समेत गरेका हुन।

कार्यक्रमको प्रमुख आतिथिको रुपमा जिसस सभापति दिनेश महतोले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्यावशन) नेपाल अचेल अभिभावकहरूले निजी विद्यालयहरूले शिक्षाको व्यापार गरिरहेको कुरा एकदम नै गलत रहेको बताएका छन। उनले यदि कसैले आफ्नो सम्पति राम्रो काममा लगानी गर्दैछन भने त्यसको उपलब्धि राम्रो हुनु पर्यो र यो नाकारात्मक होइन साकारात्मक पक्ष हो भनेर हामी बुझ्नु पर्छ बताएका थिए। उहाँ अगाडी थप्दै भुटान हरेक क्षेत्रमा पछि परिएका देश यहि प्यावशनको कारण शिक्षामा फर्को मार्दै अहिले बिकसित हुदै गैरहेको छ र नेपालमा पनि प्यावशनकै सहयोगमा शिक्षा क्षेत्रलाई उजागर गर्दै देश बिकास हुदैछ समेत बताएका हुन।

कार्यक्रमको अध्यक्षता गरेका लहान प्यारागन सेकेन्डरी बोर्डिङ स्कुलका सञ्चालक एवं प्यावशन अध्यक्ष उमेश चौधरीले हामी संगठन र विद्यालय चलाउँदा धेरै कुराहरू सम्झौता गर्नुपर्छ र म जेसिसको प्लेटफर्मबाट यहाँसम्म आइपुगेको छु । त्यसकारण मेरो नेतृत्वले सवल नेतृत्व गर्नु, म सवल नेतृत्व गर्छु र आफैंबाट जे गर्दा पनि सुरुवात गर्छु त्यो चाहे नवीकरणको सवालमा होस् चाहे टेस्ट परिक्षाको सवालमा होस। हामी सभ्य बनौं, राम्रो बनौं र बिबादमा नपरौं बताउदै कार्यक्रमलाई सफलतापुर्बक समापन गराउने सहभागी सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्दै सभालाई समापन गरेका थिए।




















