एलबी यादब,लहान।
नेपाली काँग्रसबाट उम्मेद्वार भई गत स्थानीय चुनाब ०७९ मा लहान नगरपालिकाका जनताद्वारा जन निर्वाचित मेयर महेश प्रसाद चौधरीले आफुले गरेका कार्यहरुमध्ये पुर्वाधारमा आधारित,सामाजिक उत्तरदायित्व,धर्म,संस्कृति,खेल र मनोरन्जनमा आधारित केही कार्यहरु आज जेठ २४ गते शनिबार एक प्रेस विज्ञप्ति जारी गरि पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन्।निर्वाचित हुनुभन्दा पहिले देखि नै गरिब गुरुवा,दीन दुखी ,अभागी तथा कोरोना संक्रमन कालका भुखा विभिन्न वर्गका पिडित लगायतलाई खाद्यान्न लगायत आवश्यक विभिन्न सामग्रीले सहयोग गरेका मेयर चौधरीले मेयरमा निर्वाचित भएपछिको तीन बर्षमा आाम नगरवासीको सक्रिय सहयोगमा उनीहरुको मागमा आधारित तथा बिकासका लागि आवश्यक थुप्रै काम गर्नु पर्ने देखिए पनि प्राथमिकिकरणको आधारमा गरिएका कामहरु आज नगर सभाहलमा तयार पारिएका प्रेस विज्ञप्ति स्वयं वाचन गरी सार्वजनिक गरेका हुन्।
प्रेस विज्ञप्तिमा जनाए अनुसार जन्मदर्ता, मृत्युुदर्ता, विवाह दर्ता, नागरिकता सिफारिस दस्तुर मिनाहा गरिएको,मुसहर समुदायलाई क्रिया खर्च बापत रु ५ हजार नगद प्रदान गरिएको, हरेक महिना २२ गते फरक फरक वडामा गर्भवती महिलालाई पोषण प्याकेजमा हाल सम्म ४ हजार जनालाई खाद्यान्न वितरण, निःशुल्क एम्बुलेन्स सेवा र अपाङ्ग वृद्धवृद्धालाई निःशुल्क बस सेवा सुरु गरिएको,
नगरपालिका भित्रका अप्ठयारो परेका गरिब, विपन्नलाई दाहसंस्कार गर्नका लागि ४ क्वीन्टल जलावन (दाउरा) सहयोग निरन्तर,एक हजार दलित, विपन्न घरपरिवारलाई खानेपानीका लागि धारा जडानमा प्रति परिवार रु ३ हजार ७ सय २० रुपैया आर्थिक सहयोग, वडा स्तरीय योजना अन्तर्गत लहान नगरपालिकाका २४ वटै वडालाई समान रुपमा ५०/५० लाख बजेट बिनियोजन गरिएको छ।
शिक्षातर्फ एक कक्षा, एक शिक्षक १२५ जना स्वयंसेवक शिक्षक व्यवस्थापन,एक विद्यालय, एक कम्प्युटर सुविधा अन्तर्गत हालसम्म ५९ वटा,एक कक्षाकोठा एक पंखा अभियान अन्तर्गत हालसम्म ६०० थान,वाल विकास, का.स, लेखापाल कर्मचारीहरुलाई तलब वृद्धि थप ७०००,४ कोठे भवन ११ वटा विद्यालयमा,२ कोठे भवन ४ वटा विद्यालयमा, आइसिटी कार्यक्रम ८ वटा विद्यालयमा,विद्यालयमा मञ्च निर्माण ४ वटा विद्यालयमा,कम्पाउण्ड वाल निर्माण ४० वटा विद्यालयमा,पुस्तकालय सञ्चालन २ वटा विद्यालय, विज्ञान प्रयोगशाला २ वटा विद्यालय,सुलभ शौचालय बालमैत्री, अपाङ्गमैत्री ४० वटा, डेक्स बेन्च वितरण ५०० थान,अंग्रेजी माध्यममा अध्ययन २ विद्यालय,अंग्रेजी माध्यमबाट कक्षा सञ्चालनका लागि ११ वटा सामुदायिक विद्यालयमा कापी, पेन्सिल र इरेजर वितरण गरिएको छ।
स्वास्थ्य तर्फ २०७९ देखि हाल सम्ममा २४ वटै वडाका गर्भवति तथा सुत्केरी ४ हजार महिलाहरुलाई पोषण प्याकेज वितरण,प्रत्येक वडामा सुगर, ब्लडप्रेसर जाँच तथा औषधी वितरण,स्वास्थ्य चौकी भवन निर्माण वडा नम्बर ११, १२, र १६ मा,आँखा शिविर सञ्चालन गरी २००० भन्दा बढी जनाको मोतिविन्दुको शल्यक्रिया र ९००० जनाको उपचार साथैऔषधी वितरण गरिएको छ।
त्यस्तै कृषितर्फ किसानहरुको कृषि विद्युत महसुल नगरपालिकाबाट तिरिदैँ,आँपको प्याकेजिङ्ग, ब्राण्डिङ्ग, ४०० किसानलाई ३५ हजारको दरले खेतीका लागि १ करोड ४० लाखसहयोग,वडा १९, २०, २२ मा कृषि विद्युतीकरणको लागि ९५ लाख सहयोग,वडा नं. १५ र १८,४ वटा पोखरी निर्माण,र १ करोडमा ठेक्का प्रक्रियाबाट,वडा नं. १३, १४ र २४ मा किसानहरुका लागि १० वटा डिप बोरिङ जडान कार्य सुरु गरिएको,१०२५ कृषकबाट पोषण तथा व्यावसायिक गरी ९७ हेक्टर जग्गामा फलफुल विरुवा निःशुल्क दिई वृक्षारोपण,१८५० केजी मुल विउ र १०० केजी रैथाने सेतो वासमति विउ १३ कृषक समुहलाई निःशुल्क वितरण, ३२.५ मेट्रिक टन धान विउ १६५० जना कृषकहरुलाई ५० प्रतिशत अनुदानमा वितरण,१५० जना कृषकहरुलाई स्प्रेयर वितरण,१५० जना कृषकहरुलाई १६ हेक्टर जग्गामा मकै लगाउन निःशुल्क विउ वितरण,७५ प्रतिशत अनुदानमा ३१४ जना कृषकहरुलाई ६०४५ प्याकेट च्याउ विउ वितरण,च्याउ विउ उत्पादकहरु ३२४ जनालाई प्लाष्टिक थैला निःशुल्क वितरण र ९५ जना किसानलाई मुङ दाल खेतीका लागि ७५ प्रतिशत अनुदानमा ४२६.५ केजी विउ वितरण गरिएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै भौतिक पूर्वाधारतर्फ वडा नं. १२, १५, १३, २२, २०, २१ का १३४ जना मुसहर समुदायका परिवारलाई दुई कोठा, भान्सा र शौचालय सहित घर हस्तान्तरण,वडा नं. २, ३, ७, ८, ९, १०, ११, १२, १५, १६ र २० मा ११ वटा वडा कार्यालय भवन निर्माण,३ वटा वडाहरु ११, १२ र १६ मा स्वास्थ्य चौकी भवन ,लहान नगरपालिका वडा नं. ६ र ७ मा १८ करोडको कुल लागतमा लहान सपिङ्ग मल,४ करोड ५० लाखमा दुर्गा मन्दिर ,२ करोड ५० लाखमा राममन्दिर, ४ करोड लागतमा आर्यघाट,१५ वटा ४ कोठे स्कुल भवन, लहान नगरपालिका कार्यालयपरिसर लाई सौन्दर्यकरण, गाडी पार्किङ्क कम्पाउण्ड,चमेना गृह, ४ करोडको कुल लागतमा नयाँ बजार व्यवस्थापनका लागि भवन निर्माण कार्य सुरु गरिनुका साथै १८ करोडमा नगर अस्पताल निर्माण हुँदैछ।
त्यस्तैसडक तर्फ पिसिसि सडक ढलान कार्य ४४ किलोमिटर,आरसिसि सडक ढलान कार्य ६ किलोमिटर, ग्राभेल सडक निर्माण ३२ किलोमिटर,आरसीसी नाला ७८५४ मिटर,इटाको गारोबाट नाला निर्माण ८ सय मिटर र कालोपत्रे सडक निर्माण अन्तर्गत
विरनगर चौकदेखि राजदेवी मन्दिर सम्म सम्पन्न, हुलाक देखि सप्तऋषि अस्पताल सम्म सम्पन्न,इलाका प्रशासन कार्यालय देखि हाइवे सम्म ६५ फिट सडक सम्पन्न,माधोपुर देखि मोतिपुर चौक सम्म सम्पन्न,गुदिगाउँ देखि वस्तीपुर मा.वि. स्कुल सम्म सम्पन्न,
थाना चौकदेखि कटहा चौक सम्म सुरु,सिंगराहीदेखि मारवाडी सेवा सदन सम्म सुरु,ग्रामीण चौकदेखि लक्ष्मीनिया मोड सम्म सुरु,विशाल होटलदेखि घण्टाघर सम्म सडक स्तरोन्नतिको प्रक्रिया सुरु, रोड नं.३ गोधुली होटल देखि कुम्हाल टोल हुँदै जोशी चौक सम्म सडक स्तरोन्नती काम सुरु भएको मेयर चौधरीले बताउनु भएको छ साथै कल्र्भट निर्माण ११ वटा,ट्यूवेल जडान कार्य (२१३ वटा),डिप बोरिङ्ग (५१ वटा),भवन तथा कोठा निर्माण १६६ कक्षा कोठा,ग्रामीण विद्युतीकरण पोल जडान ६४५ पिस, वाउण्ड्रीवाल निर्माण ६३ सय मिटर,मन्दिर निर्माण ५० ठाउँमा र वडा नं.३,४,५,६,७,१०,१३,१५,२३ मा ११ वटा हाइमास लाईट जडान गरिएको छ।
यता धार्मिक,साँस्कृतिक,व्यापार र खेलकुद तर्फ गरिएको कार्यक्रमहरुमा हरेक वर्ष महिलाहरुको महान पर्व तीज र जितियामा विशेष कार्यक्रम, हरेक वर्ष नगरवासीका लागि हिन्दुहरुको महान पर्व छठमा ठाउँठाउँमा घाट निर्माणमा सहयोग,व्यापार प्रवद्र्धन गर्न महोत्सव आयोजना,युवाहरुलाई खेलतर्फ आकर्षित गर्न हरेक वर्ष मेयर गोल्डकप फुटबल प्रतियोगिता सहितका अन्य खेलहरु आयोजना हुँदै आइरहेको छ।
यस्तै अन्य कार्यहरुमा विद्यालयमै विद्यार्थीलाई नियमित खाजा, वैदेशिक रोजगारबाट फर्केका ४० जनालाई स्वदेशमा रोजगारीका लागि प्रति व्यक्ति ५०/५० हजार नगद रुपैयाँ सहयोग,महिला समूह सहकारीका २४ जना महिलालाई २५/२५ हजार रुपैयाँ व्यवसाय गर्न बीउ पूँजी सहयोग,वडा २०, २२ र १४ का ४७ मुसहर, गरिव, विपन्न परिवारलाई ४५/४५ हजारको दरले घरमा जस्तापाता लगाउन रकम हस्तान्तरण, महिलाहरुलाई स्वरोजगार बनाउन सीपमूलक गुडिया बनाउने तालिम, लैङ्गिक हिंसा कोष सञ्चालन गरि १० जना हिंसा पीडित प्रभावित महिलालाई १०/१० हजार आर्थिक सहयोग प्रदान,गरिब, जेहेन्दार, दलित ५९ जना विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न १०/१० हजार छात्रवृति सहयोग,एक सय जना किसानलाई औषधी छर्ने पम्पसेट र कोदालो वितरण,४० जना महिलाहरुलाई आयआर्जनमा जोड्न चप्पल, जुता बनाउने तालिम,२२ जना किसानलाई कुटी काट्ने मेसिन वितरण, १० जना डेरी र मासु व्यवसायलाई डि फ्रिज सहयोग, २० जना दुध बेच्ने पशुपालकलाई दुध बोक्ने भाडो वितरण, ५० जना किसानलाई तरकारी खेती सम्बन्धी तालिम, विउ वितरण,लहान १९ स्थित नौडेगामा १० घर मुसहर समुदायलाई पक्की घर हस्तान्तरण,लहान वडा नं.–१८ बासाजोडीमा ४ घर मुसहर समुदायलाई पक्की घर हस्तान्तरण,लहान नगरपालिका १६ र १७ का ४० जना महिलाहरुलार्ई सालको पातको टपरी बनाउने तालिम,सलहेश फुलवारी, मानिक दह, पकडिया गढ, हाती दह, गोसाई डाँडा ताल, राजाजी डाँडालाई सौन्दर्यकरणमा सहयोग, लहान नगरपालिका वडा नं.१६ मा मलामी विश्राम भवन निर्माण, विभिन्न ठाउँका आगलागी र बाढी पीडितलाई राहत सहयोग, शारिरिक व्यामका लागि पशुपतिमा मा.वि.मा जिम सेन्टर स्थापना लगायत रहेका छन् ।
यसो तेस्रेो आँखाबाट हेर्दा मेयर चौधरीले प्रस्तुत गरेका अधिकांश कार्यको श्रेय वहाँलाई नै जान्छ भन्ने विद्यालयमा खाजा जस्ता केही काम संघीय सरकारको नियमित कार्य भएकोले कामको संख्या बढाउनकै लागि समावेश गरिएको अनुमान गर्न सकिन्छ।
तीन बर्ष भित्रमा गरिएका उपरोक्त कामहरुमा केही सम्पन्न भइनसकेको बाहेक मेयर चौधरीले अब थप काम के गर्लान् भन्ने जनताको कौतुहलताको बिषय हो। हुन त लोकतान्त्रिक शासन प्रणालीमा सरकारले गरेको कामको मामलामा दलीय इतर पक्ष,विपक्षी दल,प्रलोभित पक्ष,अनुचित अपेक्षित अनुयायीहरु र बिकासको क्रममा नोक्सान हुनेहरु उक्त सरकारको बिकास कार्यको गुनगान गर्नुभन्दा बढि बिरोधाभाषका कुराहरु गर्ने गरेको पाइन्छ जुन कार्यबाट मेयर महेश चौधरीको स्थानीय सरकार पनि अछुतो देखिएको छैन।घर परिवारको मोह बाहिर रहेर काम गर्ने,आफू निर्वाचित आफ्नै दलका केही रुष्ट नेतागणसँग एकमत हुने चुनौती तथा ताजा पत्नी वियोग सहन गर्न सक्नु जस्तो चुनौतीलाई चिछोल्दै जनताको हितमा दिनरात काम गर्नु हुने मेयर चौधरी एक अवल मेयर हुन्।
अब चौथो र अन्तिम अर्थात पाँचौ बर्ष मेयर चौधरीले गर्ने काम नै वास्तविक मुल्यांकनको आधार हुनेछ।ती कामहरुमध्ये अति आवश्यक काम अर्थात आधारभूत कामहरु खास गरेर लनपाको पुरानो वडाहरु १-१० मा स्वस्थ खाने पानीको सुबिधा, पोलसहितको सुरक्षित बिजुली प्रवाहिकरण , फोहोर पानी र वर्षाको पानी निकासको लागि नाला निर्मान,पक्की सडक लगायतका काम हुन् ।जुन कामको शुरुवात लहानको वक्षस्थल वडा नं१ मटियर्वा-कृष्णाटोलबाटै शुरु भईसकेको देखिन्छ।किनकि कृष्णा टोलमा मुल सडकमा वारुण यन्त्र जान सकिरहेको छैन।सेफ्टी टयांक जाने समस्या छ।शाखा रोडहरुमा पानी जम्छ।नाला छैन।बिजुलीको तारहरु जीर्ण वाँसमा झुन्डिएको छ।एम्बुलेन्स जान सकिरहेको छैन।स्कुल भ्यान छिर्ने अवस्था छैन।तसर्थ यी छुटेका कामहरु पनि चाँडै हुने जनविश्वास हुन थालेको नगरपालिकाको कार्य प्रकृतिबाट देखिन्छ ।




















