एलबी यादब, ३० जेठ चिलाठी कोईलाडि-सप्तरी। कक्षा १० को अन्तिम परीक्षा दिई सकेका विद्यार्थीहरु प्राय अढाई तीन महिना नतिजा पर्खाइमा हुन्छन्।ती छोटो समयावधिमा कक्षा १० को चुनौतीपूर्ण पाठयवस्तु र थप विभिन्न इन्ट्रान्स परिक्षामा सोधिने सम्भावित प्रश्नहरु लगायतका विषयगत ज्ञानले बुष्टप गर्ने उद्देशयले सिरहाको लहानमा दशकभन्दा पहिले देखि नै एपेक्स एजुकेशनल एकेडेमीको स्थापना र संचालन गर्दै आइरहनुभएका एक बौद्धिक स्रष्टाको रुपमा सुप्रसिद्ध अध्यापक तथा एपेक्स एकेडेमी संस्थापक भरत साहले यस बर्ष २०८१ मा एसईईमा सम्मिलित तथा एपेक्स एकेडेमीमा अध्ययनरत परिक्षार्थीहरुलाई बिज्ञान बिषयका विभिन्न सिद्धान्तमा आधारित विषय बस्तुलाई पयोगशालामा प्रमाणित तथा अभ्यास गर्न गराउन मोरङगको विराटनगर लगिरहेको बेला सप्तरीको राजबिराज नगरपालिका र तिलाठी कोइलाडी गाउँ पालिकाको सिमानामा हुलाकी सडकमै ट्राफिक नियमसँग सम्बन्धित जनचेतना दिदै गरेको ट्राफिक प्रहरीले बसमा सबार एपेक्स एकेडेमीका सम्पूर्ण विद्यार्थीहरुलाई बसमै चढेर चेतनामुलक संदेश प्रवाह गरेका छन्।

असई टेक बहादुर बस्नेतको नेतृत्वमा सचेतना सेवा गरिरहेका ट्राफिक प्रहरिले विद्यार्थीहरु शैक्षिक भ्रमणमा जाँदै गरेको कुरा थाहा पाएपछि एकैछिन् बस रोक्न अनुरोध गरे र विद्यार्थीहरूलाई ट्राफिक नियम सम्बन्धि केहि चेतनामुलक कुरा गर्न केहि समय उपलब्ध गराई दिन संस्थापक तथा भ्रमण अभिभावक साहलाई अनुरोध गरे।साहले यो खुशिको कुरा हो।तपाईहरुलाई त्यसको लागि धन्यवाद छ, भन्ने।भ्रमणमा जाँदै गरेको दललाई आफ्नो गन्तव्यमा जाने चटारो हुन्छ भने कुरा राम्ररी बुझेका प्रहरिले मात्र ५ मिनेटमा ज्यानको सुरक्षा,सवारी दुर्घटना हुने अवस्था लगायतका कुराहरु एकपछि अर्कोले भन्दै एक क्लिक फोटो लिएर भ्रमण टोलीलाई शुभ यात्रा भन्दै विदाई गरे। ट्राफिक प्रहरिको यी कार्यबाट खुशि हुँदै साहले वहाँहरुलाई थैंक्यु भन्ने।
एपेक्स बृजकोर्ष,इन्ट्रान्स प्रिपरेशन लगायतको तयारी कक्षा संचालन गर्ने एक अवल माउ शैक्षिक संस्था हो।हालसम्म यहाँ अध्ययन गरेका हजारौ विद्यार्थीमध्ये सयौंले विशिष्ट शिक्षा अन्तर्गत डाक्टर इन्जिनियर,ओभरसियर,स्टाफ नर्स,विभिन्न विज्ञान तथा वाणिज्य संकाय लगायतका कोर्स पूर्ण,आंशिक वा डोनेशन सुविधाको अवसर पाएर आफ्ना भविष्य स्वर्णिम् बनाएका छन्।




















