११ माघ
पर्साको पोखरिया नगरपालिकामा शुक्रबार नगर विकास समिति जग्गा एकीकरण आयोजना कार्यालय पोखरियामा नगर विकासको सम्बन्धमा विशेष बैठक तथा छलफल कार्यक्रम सम्पन्न भयको छ।
छलफलमा रेखांकन तथा प्लौट निर्माणको प्रास्ताविक खाका ( नक्शा) सम्बन्धमा, किता काट गर्न सम्बन्धमा , पोखरिया नगरपालिका वडा नम्बर १ मा रहेको सिट नम्बर ११३_ ०१०१ किता नम्बर ३०९ भित्र परेका साबिक नापीका किता हरु व्यक्ति विशेषको नाममा रहेको जग्गाहरुको अधिग्रहणको सम्बन्धमा लगायेत विभिन्न विषयको प्रस्तावहरुमा छलफल भयेको छ।
नगर अध्यक्ष प्रद्युम्न प्रसाद चौहानको अध्यक्षता मा भयको कार्यक्रममा वडा नम्बर १ को वडा अध्यक्ष प्रमोद गिरी ,नगर विकास आयोजना प्रमुख इंजीनियर सुमित कुमार यादव, जग्गा एकीकरण उपभोक्ता समिति अध्यक्ष राजू बाबु गिरी,
नगर विकास समितिका सहजकर्ता हरिनारायण मिश्र, मालपोत कार्यालय पर्साका प्रतिनिधि रामरेखा प्रसाद चौरसिया,नापी कार्यालय पर्साका प्रतिनिधि रामप्रमोद राउत, जग्गा धनी तथा कार्यालयका कर्मचारी लगाएत सरोकारवालाहरुको उपस्थितीमा छलफल सम्पन्न भयको छ।