एलवी यादब,लहान जेठ १६ । हिजो सिरहाको लहानमा एक डेन्टल क्लिनिकको उद्घाटन भएको छ। लहान नगरपालिका वडा नं.३,होस्पिटल चोक ठाढी रोड नजिक करिव १०० मिटर पश्चिममा पूर्व पश्चिम राजमार्गको दक्षिण पट्टी फेमिली डेन्टल क्लिनिकको उद्घाटन गरिएको हो। वीपी कोइराला इन्स्च्चुिट अफ हेल्थ साइन्स धरान धोपा क्याम्पबाट डेन्टल सर्जनको विशिष्सिटता हासिल गरेका डा. मो. अफरोजद्वारा संचालित उक्त क्लिनिकको उद्घाटन लहान नपाका नगर प्रमुख महेश प्रसाद चौधरीले गरेका छन्।शिक्षा र स्वास्थ्यलाई विकासको उच्च प्राथमिकिकरणमा राखेका चौधरीले गण तन्त्र दिवस परेको सार्वजनिक विदाको दिन परेर उक्त उद्घाटन कार्यक्रमको प्रमुख अतिथि भई उद्घाटन गर्न समय व्यवस्थापन गर्न भ्याउनु भयो। उद्धाटनार्थ शुभकामना मन्तण्यको क्रममा नगर प्रमुख चौधरीले विज्ञान प्रविधिको उच्चतम प्रयोग र अत्याधुनिक साधनको सहयोगमा दक्ष दन्त चिकित्सक डेन्टल सर्जन डा. अफरोजले दिन लागेको स्वास्थ्य सेवा लहान लगायत यस भेगका विरामीहरुको लागि लाभकारी अवसर हुनेछ।
डा.अफरोजका अनुसार जेठ १५ देखि लगातार ३ महिना सम्म विशेष सुविधा प्रदान गरिनेछ। सेवाहरुमा पहिलो महिना विशेष ओपनिंग डिस्काउन्ट, दन्त परीक्षण,दाँत सफा गर्ने,दाँत चम्काउने, गिजा सुनिने, रगत आईरहने, मुख तथा स्वास गन्हाउने, मुख भित्र अरु रोगहरूको उपचार,मुखको क्यान्सरको पहिचान गरी, उचित सल्लाह, सुझाव दिइने ,दाँत भर्ने,दाँतको कम्पोजिट उपचार, मेसिनवाट RCT गर्ने,दाँत निकाल्ने,अपरेशन गरेर दाँत निकाल्ने,गिजा भित्र रहेको बुद्धिवंगारा निकाल्ने,गिजाको शल्यक्रिय, कृत्रिम दाँत राख्ने,दाँतको खोल राख्ने,दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत लगाइने,नमिलेको दाँत, बाङ्गो दाँतहरु तार बाँधेर मिलाइने,बच्चाहरुको दाँतको विशेष उपचार ,गर्भवती महिलाहरूको दन्त परीक्षण तथा उचित उपचार,साथै वृद्धहरूलाई विशेष छुट दिइने,नयाँ दाँत लगाउनेलाई खोल्ने फ्री,
निःशुल्क दन्त परिक्षण,निःशुल्क X-ray तथा परामर्श सेवा दिइनेछ।
बाल्यकालदेखि नै मेधाबी विद्यार्थीको रुपमा चिनिनु हुने डा.अफरोज धरान घोपाबाट बिडिएस अध्ययन गरि कोशी प्रादेशिक अस्पताल विराट नगरमा इन्टर्नशिप गरि कन्यम,चतरा अस्पताल र रंगेली जिल्ला अस्पताल लगायतमा काम गरि निकै अनुभवी भइसकेका छन्।




















