राजधानी । विश्व वातावरण दिवसका अवसरमा नेपालस्थित भारतीय राजदुतावासको परिसरमा वृक्षरोपण गरिएको छ ।‘प्लास्टिक्स प्रदूषण निर्मुल पारौ’ भन्ने नाराका साथ भारतीय
राजदुतावासले दुतावास परिषरमा बृक्षारोपण गरिएको हो । संघीय सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीको प्रमुख आतिथ्यमा भारतीय राजदुत नविन श्रीवास्तव, केन्द्रीय विद्यालय काठमाण्डौका विद्यार्थीहरुले वृक्षारोपण गर्नुभएको थियो । उक्त कार्यक्रममा भारतीय राजदुतावासका अधिकारीहरु, भारतीय डायस्पोराका सदस्यहरुले समेत सहभागिता जनाउनु भएको थियो ।
यहाँ स्मरणीय कुरा के छ भने संयुक्त राष्ट्रसंघको अगुवाईमा सन १९७२ को जुन ५ देखि १६ सम्म स्वीडेनको राजधानी स्कटहोममा वातावरण सम्बन्धी पहिलो विश्व सम्मेलन भएको थियो । पछि संयुक्त राष्ट्रसंघले ५ जुनलाई विश्व वातावरण दिवसको रुपमा मनाउन आवहान गरेको थियो । राष्ट्रसंघका अनुसार हरेक बर्ष पृथ्वीमा ४० करोड टन प्लाक्टिक्सजन्य फोहोर उत्पादन हुने गरेको छ । त्यसमध्ये १० प्रतिशत मात्र पुनः प्रयोग हुन्छ भने १ करोड १० लाख टन फोहोर खोला, नदी, ताल तथा महासागरमा फालिन्छ । जसका कारण वायु प्रदूषण उच्च दरमा भइरहेको छ ।




















