संयुक्त दलित संघर्ष समिति लहानको आयोजना र नागरिक अधिकारको लागि स्वतन्त्र संजालको सहयोगमा राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनका प्रभावबारे छलफल,अन्तर संवाद तथा बैठक कार्यक्रम सम्पन्न भएको छ।उक्त समितिको अध्यक्ष मनोज पासवानको अध्यक्षतामा सामाजिक अगुवा तथा समितिका वरिष्ठ सल्लाहकार राम गणेश दास,समाजसेवी राम नारायण यादब, रामभजन सिंह, श्याम मेस्तर लगायत महिला अगुवा सोनियॉ सदाय, शिलादेवी पासवान साथै समितिप्रति आस्था राख्नुहुने विभिन्न समुदायका  करिब ४० जना व्यक्तिहरु उपस्थित भएका थिए।

नेपाल पत्रकार महासंघका पूर्व सभापति दिनेश्वर प्रसाद गुप्ताले सहजीकरण तथा संचालन गरेका उक्त कार्यक्रममा प्रखर वक्ता तथा प्रभावशालि व्यक्तित्व समितिको वरिष्ठ सल्लाहकार राम गणेश दासले दमदार  मन्तव्य राखेका थिए भने समाजसेवी राम नारायण यादब,वौद्धिक व्यक्तित्व रामभजन सिंह,दलित अगुवा श्याम मेस्तर लगायत महिला अगुवा सोनियॉ सदाय, शिलादेवी पासवान सहितले आ-आफ्ना समय सान्दर्भिक मन्तव्य राखेका थिए।  सिरहाको लहान-७ स्थित उद्योग वाणिज्य महासंघका सभाहलमा सम्पन्न उक्त कार्यक्रमका अधिकांश वक्ताले राज्यद्वारा हुने विभिन्न तहका  चुनावमा गरिव, दलित र कर्जा पिडितहरुले अब सोच विचार गर्नुपर्ने कुरामा जोड दिएका थिए। समापन मन्तव्य दिदै समितिका अध्यक्ष मनोज पासवानले दलितको समस्या दलितवाट मात्र नभई थप सहयोगीहरुको सहयोगमा हुने धारणा राखेका थिए।