एलबी यादब। लहान।

   वहाँ एक खुसमन्द,सरल र कोमल मन भएकी जस्तो देखिनुहुन्छ तर वहाँ असाधारण महिला हुनुहुन्छ।बच्चा गर्भमै हुँदा एक आमाले एकातिर अनेकन्  खुसीका काल्पनिक तान बुनिरहेकी हुन्छिन् भने अर्को तिर ती बच्चाको बृद्धि विकास र लालन पालनमा तलिन भई को आफ्नो को विरानो भन्ने कुरा पनि विर्सनु पर्ने वाध्यात्मक परिस्थितिसँग सामना गर्नुपर्ने हुन्छ। ती बच्चाको गर्भ वाहिरागमन पश्चात् देखिने मुखाकृति कोसँग मेल खाला, कस्तो देखिने होला,कति सुन्दर होला भने कुराले हैरान भई मिनेट मिनेट गन्दै गर्भावधिको ९ महिनालाई ९ जुनी देखिरहेकि हुन्छिन् ।त्यति मात्र भइ दिए हुन्थ्यो।कोख वाहिर आएका सबै निर्मोहि वाल वालिका हरेक आमाको लागि आफ्ना जीवनका सहारारूपी हरित लताबृक्ष हुन नै। त्यसकारण हरेक आमा आफ्ना सन्तानको पोषण पालनका लागि आफ्ना  तन,मन र धन समेतको लगानी गर्न कौतुहल हुने गर्छिन्। यी सबै लगानी लगाई सकेपछि  ती सन्तानलाई कसैले हत्या गर्दा ती आमाको हृदय पिड़ा ले छिया छिया हुन्छ र मुटु अनियन्त्रित हुन जान्छ।यस्तै पिड़ा भाग्यमा परेकि महिला हुन् लिला देवी परियार। वहाँको घर लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं६ सीतापुर बजारमा पर्छ। वहाँको एक जवान पुत्र अमित परियारको माओवादी जनयुद्ध कालमा राज्य पक्षबाट गोली हानी हत्या भयो।राज्यलाई नै सेवा गर्ने सपूत परियार शहादत भए र अर्को छोरा विवेक परियार आफ्ना दाजुको आत्माको शान्ति र देश परिवर्तनको लागि दाजुले गर्ने बाँकी कार्यलाई निरन्तरता दिएका छन्। 

   ती माओवादी पार्टी आज नेपाली कम्युनिस्ट पार्टीको नामले चिनिन्छ।हिजो  उक्त पार्टीका लक्ष्मीपुर पतारी  गाउँपालिका स्तरीय बैठकद्वारा आगामी फाल्गुण २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन मार्फत  सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट संघीय समानुपातिक सांसदको लागि सिफारिस हुनु भएको छ। सहिद अमित परियारको आत्माको  शान्तिको लागि भएको यो प्रयासलाई सफल बनाउन नेपाली कम्युनिस्ट पार्टीको जिल्ला स्तरीय निर्णयबाट अनुमोदन हुनु नितान्त जरूरी देखिन्छ।