एलवी यादव।लहान, २० पुस। 

लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरी प्रायः स्वयंले जाडो पिडितहरुको टोलमै पुगी कम्बल वितरण गर्नुहुन्छ।त्यसै क्रममा आज लनपाको वडा नं २१को मल्लिक टोल र वडा नं१८ बानोको राम टोलमा शरिर न्यानो पार्ने कम्बल वितरण गरिएको छ। जहाँ घरैपिच्छे मात्रले नभई चाहिनेहरू सबैले कम्बल पाएका छन्।ठूलो संख्यामा सदस्य भएका परिवारलाई ४ वटासम्म कम्बल वितरण गरिएका छन्। जुन परिवारहरूमध्ये एक परिवार वडा नं २१ का विजय मल्लिकका परिवार हुन्। । कानुनले मिल्छ कि मिल्दैन तर मेयर चौधरीको मनमा मिल्ने एउटा मयालु कार्यले कम्बल वितरण स्थलका जोकोहीको पनि मन जितेको छ।त्यो कौतुहलपूर्ण कुरा के हुन् भन्ने ती मल्लिक  बस्तीका कुनै घरमा पाहुना भई आएका सप्तरी मल्हनमा बस्ने महेन्द्र मल्लिकले पनि मेयर चौधरीको उदारवादी स्वभाव अध्ययन गरी एउटा कम्बल माग्ने आँट गरे। आफ्नो आश नमर्ने गरि ती पाहुना मल्लिकले मलाई पनि एउटा कम्बल दिनुन भनेर  मल्लिन आवाज निकाले।उनको आवाजमा कम्बल पाउने मजबुत आश थियो। मेयर चौधरीले उनको कुरा सुनेर केहि सेकेन्ड उन्तिर फर्किनुभयो र "विचारालाई चिसो लागेको रैछ।दिदिनुस् एउटा कम्बल वहाँलाई " भन्दै आग्रहादेश  दिनुभयो।पातलो आवरण भएको ओढ्ने ओढेको र  शिरशिर हावाले जिउ चिसो भएको मल्लिकले थुरथुर काम्दै मुखबाट हु.. हु..आवाज निकाल्दै कम्बल ग्रहण गरे।त्यस्तै आजै लनपाका वडा नम्बर १८ बानोको राम टोलमा ५ दर्जन भन्दा बढीलाई न्यानो कम्बल वितरण गरिएको छ। 

      हुन त मेयर हुनु पूर्व पनि  चौधरीले आफ्नो बलवुताले भ्याएसम्म आफैले र कहिलेकाहिं अरुबाट पनि सहयोग लिएर भएपनि गरिबी,कोरोना कालिन अवस्थामा हातमुख जोर्न नसक्नेहरु लगायतका पिड़ामा रहेकाहरुलाई सहयोग गरेका हुन्। हाल वहाँ राज्यले जनताबाट असुलेको कर जनतालाई नै राहत स्वरुप वितरण गरेर गरिब जनताबाट खुलेयाम प्रशंसा पाइरहेका छन् भन्ने केहि आलोचकहरुले मेयर चौधरीको लोकप्रियता खस्काउने मनाशयले खाद्यान्न तथा कर्कटपाता (चदरा) वितरण गरेर गरिब माथि राजनीति गरिरहेको अतिरञ्जित अभियोग लगाई रहेका छन्। जसलाई लोकतन्त्रको अवगुण भनेर बुझिन्छ र यसबाट मेयर चौधरी रतिभर पनि नडगमगाई आफ्ना जनमुखी कार्यलाई समयानुकूल  निरन्तरता दिएका छन्। वहाँले हालसम्म लनपाका आफ्ना करिब १८,००० नागरिकलाई निःशुल्क आँखा जाँच र करिब २,०००भन्दा बढि मोतिविन्दुका विरामीलाई नि:शुल्क आँखाको  शल्यक्रिया गराई ,विभिन्न समस्यामा परेकालाई आर्थिक सहयोग,खाद्यान तथा कम्बल वितरण लगायतका गरिवमैत्री कार्यलाई निरन्तरता दिएका छन्।

।।।।।।