आइतबार,असार २८ ।

लाल बिहारी यादब, सिरहा दर्पण लहान।

संघीय सांसद माननीय बब्लु गुप्ताको सहयोग तथा राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता  लक्ष्‌मीपुर पतारी गाउँपालिका वडा नं. ६ का रास्वपा वडा इकाई प्रमुख रन्जीत यादवको अगुवाई, तत्परता तथा सक्रिय भुमिकामा सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ६ देवारी र वजराहा टोल  साविक गा.वि.स. सीतापुर (प्र.ध.) वडा नं.८ र ९  को रोक्का जग्गाहरु फुकुवा भएको छ। १०९ विगहा मोहि राम जानकीको नाम्‌मा कायम गुठी जग्गा त्यहाका किसानहरु जोताहा कायम भई साविकदेखिनै भोग चलन गर्दै आइरहेका थिए । 

उक्त जग्गाको मोही कर समय समयमा कुतको नाममा. सरकारले तोकेका तत्कालीन अधिकारीहरू,पटवारी तथा सम्बन्धित मालपोत कार्यालयलाई धान वा नगद वुझाउदै आइरहेका पनि थिए । वि.स. २०५३/०५४ तिर मोहियानि जग्गामा मोही जोताहाको आधा हक लाग्ने भनी तत्कालीन सरकारको आदेशानुसार गुठी जग्गाधनी तथा मोहि धनिहरु मोहियानी हकदारलाई तथा जोताहालाई आधा जग्गा खरिद गरे बाँकी आधा जग्गा हकदारको आधारमा पाउने भई सम्पूर्ण जग्गा  जोताहा मोहिको नाममा कायम हुने नियम लागु भयो र देशैभरि यो नियम कार्यान्वयनमा आए। त्यसै अनुरूप सिरहा जिल्ला साविक गा.वि.स. सीतापुर (प्र.ध.) वडा नं.८ र ९ का  मोही जोताहा किसानहरुले नेपाल सरकारको प्रचलित सरकारले तोकेको दरभाउमा आधा हक पाएको वाहेक बाँकी जग्गाको शुल्क बुझाई रामजानकीको नामवाट आफ्नो नाममा नामसारी कायम गराए । सो रामजानकीको नाममा कायम १०९ विगहा जग्गाको लगत विवरण यकिनन फेहरिस्त को अन्यौलतामा उक्त १०९ विगहा गुठी जग्गा र यहाँका किसान तथा जग्गादानीका व्यक्तिगत हकभोगको समेत जग्गा विक्रि वितरण राजीनामा, ऋण‌को प्रयोजन‌मा समेत रोक लगाइएको थियो। यी समस्या त्यहाँका नागरिकका लागि असाधारण  बन्न गयो। कुनै रोजगार वा सेवावाट आय आर्जन नहुने नागरिकको लागि जीवनको श्वाँस नै बन्द भएजस्तो भयो। छोरीको बिहे आमा बुवाको श्राद्ध तथा छोरा छोरीलाई उच्च शिक्षा पढाउन जुटाउँने मोटो रूपैयाँको लागि आफ्नै जग्गा बेच्न नपाउने बेतिथि भोग्नुपरेको थियो ।

ती गाउँका सामाजिक अगुवा तथा प्रधानपञ्चहरु स्वर्गीय श्याम सुन्दर साह, स्वर्गीय लखन प्रसाद रौनियारको प्रयासले पनि उक्त समस्या समाधान गर्न सकेन । लेखापढी व्यवसायी धर्मनाथ यादख गाउँका अगुवाहरु स्वर्गीय हरि नारायण यादव, गौरी नारायण यादवको आग्रहमा भूतपूर्व मन्त्री पद्म नारायण चौधरीले पनि प्रयास नरेका होइनन् । यो जग्गा रोक्का कसले किन गरे। यसको फुकुवाको उपाय बताई दिनुस भन्दा सम्वन्धित मालपोत कार्यालय लहान र जिल्ला  मालपोत कार्यालये पनि ठोस जवाफ, कहिल्यै दिएनन्। ती कार्यालयका प्रमुखहरु पनि अनभिज्ञता र अन्योलता मात्र देखाई रहे। अन्त्यमा ती देवारी र वजराहा टोलका जनताहरु यो  समस्या कुनै पनि हालतमा समाधान हुने वाला छैन भनेर निराश भए। समाधान हेतु हुने प्रयासहरु गरिन रोकियो। तर, यी जटिल सम‌स्या त्यहींका युवा नेता रंजित यादवले समाधान गरेर हाल निकै चर्चामा आएको छ। उन‌को लोकप्रियताले उच्चाई लिएको छ । 


युवा नेता यादव सोही वजराहा टोलका श्रीदेव यादवका सुपुत्र हुन् । श्रीदेव हाल.ल.प.गा.पा.वार्ड न.६ का  स्वास्थ्य चौकीका कार्यालय सहयोगी हुन् । आफनो छोराले गरेको यो असाधारण कामबाट रंजितका पिता धेरै नै खुशी छन्। ।  युवा नेता यादवको असाधारण प्रयासले यति ठूलो सफलता मिले । यादव भन्छन् शुरुमा नागरिक मुचुल्का उठाएर माल‌पोत कार्यालय लहान  सिरहामा निवेदन दिएँ अनि मालपोत कार्यालय लहानको सिफारिस पत्र लिएर आधिकारिक तथा विभागीय कार्यालय भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भूमि व्यवस्थापन तथा अभिलेख विभाग बबर महल  काठमाडौ गएँ। त्यहाँ आफ्नै क्षेत्र सिरहा जिल्ला निर्वाचन क्षेत्र नं. १ वाट गत संघिय चुनाव जितेर सांसद भएका माननीय बब्लू गुप्ताको सहयोग माँगे । माननीय गुप्ताले यो कामलाई अठोटका साथ सफल बनाउन लागि परे। "मलाई २ दुई पटक सम्बन्धित कार्यालयहरुको चिठी लिएर लहान र काठमाडी ओहोर दोहोर गर्नु पर्यो । खर्च निजी थियो । वैशाख देखि  उक्त जग्गा‌को रोक्का फुकुवा अभियानमा लागेर असार १६ गतेमा आएर सफलता पाइयो।" युवा नेता यादबले भने। 

रंजीत यादवको यो भनाईमा थकानका केहि भावहरु देखिए पनि खुशीका आभाषले त्यस थकानलाई जिते जस्तो अनुभूति हुन्थ्यो। उनले थपे" यस सफलतामा माननीय सांसद वब्लु गुप्ताको विशेष योगदान छ। वहाँको १०औ दिनका लगानी काठमाडौंका विभिन्न कार्यालयका दौड धुप र अथक प्रयासले यो सफलता हामीले पायौं। साथै मालपोत कार्यालय लहानका  कार्यालय प्रमुख  प्रति पनि आभारी छु। आउने असार २९गते सोमवार  बजराहा टोलका राज कुमार यादव जीबछ यादब गरी २ जनाको जग्गा नामसारी हुदैछ र त्यसपछि कर्मश सबैको जग्गा राजीनामाका लागि खुला हुनेछ।"