लाल बिहारी यादब सिरहादर्पन
, साउन १५ — सुनसरीको देवानगन्ज, सिरहालगायत पूर्वी तराई–मधेशका जिल्लामा भएका घटनापछि उत्पन्न परिस्थितिप्रति गम्भीर चासो व्यक्त गर्दै प्रधानमन्त्री बालेन शाहले शुक्रबार साँझ देशवासीका नाममा भिडियो सम्बोधन गरेका छन्। प्रधानमन्त्रीको सम्बोधन फेसबुकमार्फत सार्वजनिक गरिएको हो।
सम्बोधनमा प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिने र दोषीमाथि निष्पक्ष छानबिन गरी कानुनी कारबाही गरिने प्रतिबद्धता जनाए।
प्रधानमन्त्रीले कुनै एक घटनाका आधारमा सम्पूर्ण समुदायलाई दोषी ठहर गर्नु वा प्रतिशोधको भावना फैलाउनु अनुचित हुने उल्लेख गर्दै सबै नागरिक, राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज र सञ्चारमाध्यमलाई संयम अपनाई शान्ति, सद्भाव, भाइचारा र राष्ट्रिय एकता कायम राख्न आग्रह गरेका छन्। उनले नेपालको शक्ति आपसी सहिष्णुता, एकता र विवेक भएको उल्लेख गर्दै सबैलाई जिम्मेवार भूमिका निर्वाह गर्न अपिल गरेका छन्।















