लहान, ३० भदौ । लाल बिहारी यादव, सिरहादर्पन
श्री गोपाल सेवा समिति लहान, सिरहाले आफ्ना आजीवन सदस्य स्वर्गीय सीताराम यादवको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।
सखुवाननकारकट्टी गाउँपालिका –१, लतियाही निवासी स्वर्गीय यादवको वि.सं. २०८३ भदौ १९ गते शुक्रबार निधन भएको हो। वि.सं. २०२३ सालमा जन्मनुभएका यादवको निधन ६० वर्षको उमेरमा भएको समितिले जनाएको छ।
स्वर्गीय यादव कामेश्वर यादव, परमेश्वर यादव र धनेश्वर यादवका पूजनीय बुबा हुनुहुन्थ्यो। उहाँ लामो समयदेखि श्री गोपाल सेवा समिति लहान, सिरहासँग आबद्ध रहँदै आजीवन सदस्यका रूपमा समितिका विभिन्न गतिविधिमा सहभागी हुँदै आउनुभएको थियो।
स्वर्गीय यादवको निधनले समिति परिवारलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै समितिले उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनलाई यस दुःखद् घडीमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरिएको छ।
यसै क्रममा श्री गोपाल सेवा समितिका अध्यक्ष धनेश्वर यादवले समितिको तर्फबाट तयार पारिएको श्रद्धाञ्जली तथा समवेदना पत्र स्वर्गीय सीताराम यादवका छोरा धनेश्वर यादवलाई हस्तान्तरण गरेका छन्। पत्र हस्तान्तरण गर्दै अध्यक्ष यादवले स्वर्गीय यादवको योगदानको स्मरण गर्दै परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरे।
समितिले स्वर्गीय यादवको निधनप्रति पुनः दुःख व्यक्त गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गरेको छ।















