शनिबार २ असोज २०८३।
लाल बिहारी यादब,सिरहादर्पन लहान - सिरहा।
लहान नगरपालिकाका चर्चित विद्वान तथा अधिवक्ता जीतेन्द्र प्रकाश महतोले मानिसको ईश्वरप्रतिको आस्था श्रद्धा र भक्तिभन्दा पनि डरमा बढी आधारित रहेको तर्क गर्नुभएको छ।
महतोले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै, यदि ईश्वरले मानव सभ्यताको कल्याण र सुरक्षाको मात्रै ग्यारेन्टी लिएको भए दुनियाँमा कोही पनि मानिस आस्तिक हुने थिएनन् भन्नुभएको छ। उहाँका अनुसार संसारमा हुने सम्पूर्ण विपत्ति र महाविनाशको मुख्य विधाता र कर्ता पनि ईश्वर स्वयं रहेको कुरा शास्त्रहरूमा उल्लेख छ। यही कारण मानिस आस्तिक अर्थात् ईश्वर भक्त बनेको उहाँको भनाइ छ।
महतोले मानिसले श्रद्धा र भक्तिका कारण मात्रै ईश्वरलाई मानेको नभई ईश्वरप्रतिको डरका कारण पनि ईश्वरलाई मान्ने गरेको धारणा व्यक्त गर्नुभएको छ।















