लाल बिहारी यादब सिरहादर्पन।लहान -
सिरहा ।
विश्वकर्मा पूजाको अवसर पारेर गत असोज १ गते विहिवार ‘हर्षित साप्ताहिक’का सम्पादक, आयुष्मान अफसेटका सञ्चालक तथा नेपाल पत्रकार महासंघका पूर्व कोषाध्यक्ष वीरेन्द्र नेपालले अफसेट तथा प्रिन्टिङ सेवाका लागि नयाँ शाखा विस्तार गरेका छन्।
नेपाल पत्रकार महासंघ सिरहाका सभापति मनोज बनैताले नयाँ शाखा विस्तारको अवसरमा नेपाललाई शुभकामना दिँदै करिब दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय नेपाल सिरहा जिल्लामा परिचित पत्रकार, सञ्चारकर्मी तथा व्यवसायीका रूपमा स्थापित भएको बताएका छन्। पत्रकारितासँगै व्यवसायिक क्षेत्रमा समेत नेपालले निरन्तर योगदान र सक्रियता देखाउँदै आएको सभापति बनैताको भनाइ छ।
विश्वकर्मा पूजाको अवसरमा नेपालले आफूलाई प्रतिष्ठानमा आमन्त्रण गरी प्रसाद ग्रहण गराउनुका साथै गमछा ओढाएर सम्मान–पत्र प्रदान गरी सम्मान गरेकोमा सभापति बनैताले नेपाल तथा उनको सम्पूर्ण परिवारप्रति आभार व्यक्त गरेका छन्।
बनैताले विश्वकर्मा पूजाको पावन अवसरमा सुरु गरिएको नयाँ शाखा तथा प्रिन्टिङ व्यवसायको सफलताको शुभकामना दिँदै व्यवसायले थप उचाइ हासिल गर्दै निरन्तर प्रगति र समृद्धि प्राप्त गरोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्। उक्त अवसरमा पत्रकार महासंघ सिरहाका भूतपूर्व सभापति दिनेश्वर प्रसाद गुप्ता,प्रेस चौतारी सिरहाका अध्यक्ष शिव कुमार साह, नवसंग्राम दैनिकका सिरहा संवाददाता बिजय कुमार यादव र समाजसेवी पप्पु कुमार लगायतको उपस्थिति रहेको थियो। उपस्थित अधिकांशलाई गमछा र सम्मान पत्रले स्वागत गरिएको थियो।















