७ असोज बुधबार
लाल बिहारी यादब सिरहादर्पन ।
लहान । नेपाली कांग्रेस सिरहा निर्वाचन क्षेत्र नं. १ का क्षेत्रीय सभापति तथा लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीको अगुवाइमा रसुवा बाढीपीडितका लागि २ लाख ५९ हजार ७ सय ७० रुपैयाँ सहयोग गरिएको छ।
क्षेत्रीय सभापति चौधरीको नेतृत्वमा नेपाली कांग्रेस सिरहा निर्वाचन क्षेत्र नं. १ मा आबद्ध पदाधिकारी तथा शुभेच्छुकहरूबाट उक्त रकम संकलन गरिएको हो। संकलित रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको नगरप्रमुख चौधरीले जानकारी दिएका छन्।
भदौ १० को बाढीबाट रसुवाका विभिन्न क्षेत्रमा जनधनको क्षति भएपछि प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम संकलन गरिएको हो।
नगरप्रमुख चौधरीले विपद्को समयमा पीडित नागरिकप्रति सबैले मानवीय संवेदना देखाउँदै सक्दो सहयोग गर्नुपर्ने बताए। उनले विपद्मा परेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउन सहयोग आवश्यक रहेको उल्लेख गर्दै सहयोगमा सहभागी नेपाली कांग्रेसका पदाधिकारी, शुभेच्छुक तथा सहयोगदाताप्रति धन्यवाद व्यक्त गरेका छन्।
यो रकम् संकलनको लागि मेयर चौधरीले बाढी आएको हप्ता दिन नबित्दै आर्थिक सहयोग जुटाउन आफ्नो सामाजिक सञ्जाल मार्फत क्षेत्रीय काँग्रेस पदाधिकारीहरमा सूचना जारी गरेर तत्काल उद्योग बाणिज्य संघ लहानका सभाहलमा बैठक बसेकै दिन देखि आ-आफ्न इच्छानुसार सक्दो रकम संकलन शुरु भएको एक रकम सहयोग उपेन्द्र चौधरीले बैठककै दिन सिरहा दर्पणलाई जानकारी दिएका थिए। आफ्ना निजी काम जस्तै सघन चासो दिई सय पचास गरी त्यत्रो मोटो रकम पुर्याउन सकेको स्रोतबाट थाहा हुन आएको हो।















